इलाम क्षेत्र २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आइतबार (आज) ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ । सोमबार साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले सञ्चारमाध्यमहरुलाई बताएका छन् ।मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । गणना फाकफोकथुम गाउँपालिकाबाट सुरू हुनेछ ।