काठमाडौँ, जेठ २९
नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रण तथा रोकथामको लागि झण्डै तीन करोड रूपैयाँबराबरको रकम सहयोग गरेको छ । एनसीएचएलका अनुसार कोरोना महामारीको समयमा नेपाल सरकार, बैंकिङ क्षेत्र र सर्वसारण नागरिक समेतलाई गरी दुुई करोड ९१ लाख २० हजार रूपैयाँभन्दा बढी रकम सहयोग गरेको हो ।
एनसीएचएलले सबै भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउड फन्डिङ गरेर कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान दिएको हो । यो समयममा डिजिटल भुक्तानीलाई प्रसय दिने उद्देश्यले एनसीएचएलले एनसीएचएल–आईपीएस, एनपीआई र कनेक्ट आरटीजीएस सेवाहरू प्रवाह गर्दै आएको छ । लकडाउन सुरु भएपछि यी सबै भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्कहरू मिनाहा गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।