काठमाडौँ, जेठ २९
नेपाल एसबीआई बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक अर्ब ४३ करोड ८२ लाख ११ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ६० करोड छ लाख ४७ हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ९५ करोड ६२ लाख छ हजार रूपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो नौ महिनामा एक खर्ब ७० करोड २५ लाख एक हजार रूपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड ६८ लाख ८६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब १३ करोड ९८ लाख ९३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने ९७ अर्ब ९२ करोड ४४ लाख ४४ हजार रूपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३८ करोड ६३ लाख ६३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ३५ करोड ७२ लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।