काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ३३ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार शुन्य दशमलव शुन्य सात अंकले उकालो लागेर १९ सय ८० दशमलव ३४ बिन्दुमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर तीन सय ५१ दशमलव ९५ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ४६ हजार पाँच सय ११ पटक सेयर किनबेच भएको छ । जसबाट ७३ लाख ४१ हजार एक सय ७७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार पाँच सय एक रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् । यि बाहेकका होटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक भने आज ओरालो लागेका छन् ।