काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल हाइड्रो एक्पोमा क्सप्लोर अर्थमुर्भस प्रालिले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प प्रदर्शन गरिएको छ ।
भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक विक्रेता एक्सप्लोर अर्थमुर्भस प्रालि रहेको छ । उक्त पम्पले टनेल, जलविद्युत् आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्काशन गर्न अति नै उपयोगी हुन्छ । मानिस जान नमिल्ने स्थान, जलविद्युत् आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिन्छ । यो १.५ हर्ष पावरदेखि १००० हर्षपावर गरी विभिन्न क्षमतामा उपलब्ध छ । नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरू निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुनेछ ।
साथै, कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्रीपछिको छिटो छरितो सेवा दिने गरेको जनाएको छ । यो पम्पको सहायताले जलविद्युत् आयोजनाको निर्माण गरी आर्थिक उन्नति गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्धत मिल्ने कम्पनीको भनाइ छ ।