ललितपुर,ललितपुरको गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्यक्तिको मृत्यु भएको छ । साथै दुई जना गम्भीर घाइते भएका छन् ।

गोदावारी ४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन मंगलबार पुगेका स्थानीय शंकर पहरीको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न सेन्टरमा मृत्यु भएको हो । प्रहरीले डढेलो निभाउने क्रमा फसेका १५ जनाको सकुशल उद्धार गरेको छ ।