टोकियो । जापानमा रोजगारी उपलब्धता अनुपात घटेको छ । जापानको स्वास्थ्य, श्रम तथा कलयाण मन्त्रालयले तीन वर्षयता पहिलो पटक रोजगार उपलब्धता घटेको रिपोर्ट सार्वजनिक गरेको हो ।
मन्त्रालयले गतवर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव शून्य दुई अंकले घटेर एक दशमलव २९ मा झरेको जनाएको छ ।
मार्चका लागि, रोजगार उपलब्धता अनुपात फेब्रुअरीदेखि शून्य दशमलव शून्य दुईले बढेर एक दशमलव २८ पुगेको थियो । यसले प्रत्येक एक सय जनाका लागि एक सय २८ रोजगारी उपलब्ध भएको जनाउँछ ।
मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने मानिसहरूले आफ्नो हालको पदहरूमा तलब बढ्ने अनुमान गरेका कारण यो वृद्धि भएको हो ।
मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १० दशलवलव आठ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरञ्जन सेवा क्षेत्र र शिक्षा क्षेत्र दुवै १० दशमलव पाँच प्रतिशतले घटेको छ ।