काठमाडौं । नेपाल एसबीआई बैंक सम्मानित भएको छ । रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल राष्ट्र बैकले उक्त बैंकलाई सम्मानित गरेको हो । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव समारोहको अवसर पारेर यही वैशाख १४ गते बैंकलाई सम्मानपत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रदान गरेका थिए ।
बैकले हाल सबै क्षेत्रमा गरी ९७ वटा शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट अफिसका साथै एक सय २१ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।