अमित ठाकुर
रौतहट, जेठ ३०
रौतहट जिल्लाको राजदेवी नगरपालिकाको वडा नंबर ८ मा रहेको पोखरीमा पर्खाल र भ¥याङ्ग निर्माण कार्यमा व्यापक अनियमितता भएको स्थानीयले बताएका छन् । निर्माण कार्यमा अनियमितता भएको भन्दै उनीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे, इन्जिनियर, ओभरसियरसहित वडाध्यक्ष शंकर राय यादवलाई कानुनी कारबाही गर्न माग गरेका छन् । वडाध्यक्ष यादवको कुनै पनि कार्यमा सही नरहेको भन्दै स्थानीयहरुले वडाध्यक्ष यादवविरुद्ध उत्रेका हुन् । आधारभूत विद्यालयको छेउमा रहेको सानो पोखरीको सौन्दर्यीकरण गर्न गतवर्ष प्रदेश सरकारले २५ लाख रुपैयाँ दिएको थियो । सो कार्य गर्न उपभोक्ता समिति गठन गरी पर्खाल निर्माण तथा भ-याङ्ग ढलानका लागि जिम्मेवारी दिएको थियो ।
समितिका अध्यक्ष ब्रहमदेव यादवले सो कार्यमा सिमेन्ट, बालुवा र प्रयोग हुने इँट्टा दोस्रो क्वालिटीको गरेपछि उक्त निर्माण कार्यमा अनियमितता भएको स्थानीयको भनाइ छ । वडाध्यक्ष यादवले पोखरी सौन्दर्यीकरण बढाउन यस वर्ष थप २० लाख रुपैयाँ समावेश गरेका थिए । पोखरीको डिपिआर बढी भएको र अहिले पर्खाल र भ-याङ्ग निर्माण कार्यमा व्यापक अनियमितता भएको कारणले नै ठाउँ–ठाउँमा पर्खाल चर्केको र पर्खाल बाङ्गोसमेत भएको उनीहरुको भनाइ छ ।