काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से २४ दशमलव ५८ अंकले ओरालो लागेर एक हजार नौं सय ७४ दशमलव ३६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८६ अंकले ओरालो लागेर तीन सय ५१ दशमलव १८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६० हजार पाँच सय २३ पटक सेयर किनबेच भएको छ । जसबाट ९७ लाख ६२ हजार आठ सय तीन कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये लघुवित्त र निर्जीवन बीमा समुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।