बेइजिङ । चीनमा मे दिवसको अवसरमा भएको पाँच दिने बिदामा २९ करोड ५० लाख आन्तरिक पर्यटकले यात्रा गरेका छन् ।

संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको अनुमानित तथ्याङ्कअनुसार यो अवधिमा देशभित्र २९ करोड ५० लाख आन्तरिक पर्यटकले भ्रमण गरेका छन् भने एक सय ६६ दशमलव आठ अर्ब युआन (२३ दशमलव एक अर्ब डलर)भन्दा बढी खर्च गरेका छन् । यो खर्च वार्षिक १२ दशमलव सात प्रतिशतले बढी हो ।