काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनका अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमबीच बैंकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापा, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा विराजसिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । हाल ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्नेछ ।
यो सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असीमित सम्भावनाहरूलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।