काठमाण्डौं । राइड सेयरिङ एप पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी)भित्र नै कार प्लसको फिचर थप गरेको हो ।
पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो । नयाँ फिचर्स कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ । कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसीसहित फराकिलो सिट सुविधासहित हुने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । यो फिचर हालको लागि काठमाडौं उपत्यकामा मात्र लागू गरिएको र बाँकी सहरहरूमा समय अनुकूल विस्तार गरिने बस्न्यातको भनाइ छ ।