काठमाडौं । सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव शुन्य छ अंकले उकालो लागेको बजार परिसुचक आज बुधबार भने शुन्य दशमलव २१ अंकले ओरालो लागेर १९ सय ६० दशमलव ६० बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले ओरालो तीन सय ४९ दशमलव ४० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ४१ हजार एक सय ३७ पटक सेयर किनबेच भएको छ । जसबाट ५८ लाख ७४ हजार नौं सय ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ५४ करोड ७० लाख ३० हजार आठ सय २५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, लघुवित्त र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।