काठमाडौं । वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका वलिक बहादुर आले र तनहुँका धमेन्द्र श्रेष्ठ रहेका छन् ।
प्रहरीले वकिल बहादुरलाई गोरखा र धर्मेन्द्रलाई काठमाडौंबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ । प्रहरीका अनुसार वकिलले ६ जना व्यक्तिलाई क्यानडा पठाइदिने भन्दै ३६ लाख रुपैयाँ ठगि गरेका छन् । त्यस्तै धर्मेन्द्रले २ जनालाई युके पठाइदिने भन्दै ९ लाख ५० हजार रुपैयाँ ठगि गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेकि रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।