काठमाडौं । बिहिबार शेयर बजार सुधार आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज पाँच दशमलव ६३ अंकले बढेको हो ।
साताको कारोबार हुने अन्तिम दिन शेयर बजार परिसूचक १९६६ दशमलव २३ विन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै १४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज अधिकांश उप समूहको शेयर मूल्य बढ्दा समग्रमा बजारमा हरियाली छाएको हो । १३ वटा उपसमूह मध्ये दश उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । तीन उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
आज दिनभर तीन सय १३ कम्पनीका ७० लाख ५८ हजार तीन सय ९९ कित्ता शेयर ४९ हजार तीन सय २५ पटक खरिद बिक्री भएका छन् । जसबाट तीन अर्ब १२ करोड १२ लाख ८६ हजार तीन सय ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि एक दशमलव १९ अंकले बढेर तीन सय ५० दशमलव ६० विन्दुमा पुगेको छ ।