काठमाडौं, जेठ ३०
सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकका अनुसार सञ्चालक समितिको पछिल्लो पटक बसेको बैठकले यही फागुन ३० गतेसम्ममा कायम भएका सेयरधनीहरूलाई अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रूपैयाँ ३० पैसाको चार दशमलव ७५ प्रतिशतले हुुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार आठ सय ९९ रूपैयाँ ८७ पैसा वितरण गर्ने प्रस्ताव गरेको थियो ।
लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव स्वीकृत समेत भइसकेको अवस्थामा हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारणसभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ ।
यो अवस्थामा बैंकले सेयरधनीहरूलाई केही राहत महसुस गराउने हेतुले उक्त स्वीकृत नगद लाभांशको तीन प्रतिशत रकम अर्थात् २५ करोड २४ लाख ६४ हजार एक सय ४७ रूपैयाँ २८ पैसा बाट आवश्यक लाभांश कर कट्टी गरी हुन आउने लाभांश रकम २३ करोड ९८ लाख ४० हजार नौ सय ३९ रूपैयाँ ९२ पैसा वितरण गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९१ करोड ५७ लाख ७९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६१ करोड छ लाख ७१ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५९ अर्ब ९९ करोड ४७ लाख ७५ हजार रूपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब आठ करोड ९३ लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९८ करोड एक लाख ३४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) चार दशमलव ७७ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने १३ करोड ४१ लाख १५ हजार रूपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६० अर्ब २७ करोड ६४ लाख ९६ हजार रूपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब आठ करोड ९३ लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९७ करोड १७ लाख २१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने