काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीच राष्ट्रपति भवन शीतल निवासमा भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।