काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेसको संसदीय दलको कार्याल सिंह दरबारमा दलको बैठक सुरु भएको हो ।

सोमबार दिउँसो तय भएको बैठक स्थगित भएको थियो । संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।