काठमाडौं । शेयर बजार लगातार तेस्रो पनि बढेको छ । यो साताको पहिलो दिन देखिनै बढीरहेको शेयर बजार आज पनि दोहोरो अंकले बढेको हो ।
मंगलबारको कारोबार बन्द हुदा शेयर बजार परिसूचक २८ दशमलव ६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि शेयर बजार परिसूचक २४ अंकले बढेको थियो । आज कारोबार भएका कम्पनीमध्ये दुई सय १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज शेयर बजारमा तीन सय २० कम्पनीका ९८ लाख ५५ हजार दुई सय ८५ कित्ता शेयर ५९ हजार आठ सय ५६ पटक खरिद बिक्री भएको छ । आज परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । दिनभरीको कारोबार बाट चार अर्ब ८ करोड ८८ लाख ५३ हजार छ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सन्सेटिभ इन्डेक्स पनि तीन दशमलव ६० अंकले बढेर तीन सय ६० दशमलव २६ विन्दुमा पुगेको छ ।