काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत निजी क्षेत्रको सहकार्यमा खाद्य प्रशोधन उद्योग खोल्ने घोषणा गरेको छ । कृषिलाई व्यावसायीकरण तथा चक्लाबन्दी गरी एकीकृत उत्पादन बढाउने सरकारले घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत बीउबिजन आत्मनिर्भरका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।