काठमाडौं । आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत सरकारले सिँचाइ पूर्वाधार प्रणाली व्यवस्थित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा थप १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याइने उल्लेख छ । यस्तै तराई मधेशका ३ लाख १८ हजार हेक्टर क्षेत्रफलमा क्लस्टरमा आधारित स्यालो तथा डिप ट्युबबेलबाट सिँचाइ सुविधा पुर्‍याउने घोषणा सरकाले गरेको छ । पहाडमा नदी बेसिनमा आधारित सिँचाइ गर्ने भन्दै स्थानीय तहलाई लिफ्ट तथा भूमिगत सिँचाइ योजनाका लागि विद्युतीय सुविधा दिने सरकारले घोषणा गरेको हो ।