काठमाडौं, जेठ ३२ प्रिमियर इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणको आह्वान गरेको छ । कम्पनीले यही असार १९ गते २६औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीको यही जेठ २९ गते बसेको सञ्चालक समितिको दुई सय ८३औं बैठकले वार्षिक साधारणसभाको आह्वान गरेको हो । सभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।