काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले बुधबार बिहान त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका छन् ।
गृहमन्त्री रवि लामिछानेले दोषी भए राजनीति छोड्ने बताउँदै पहिले आफूलाई संसद्मा बोल्न दिनुपर्ने माग गरेका छन् । तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ने भन्दै प्रदर्शन गरेको छ ।
विद्यार्थीहरुले गृहमन्त्री लामिछानेलाई गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? भन्दै प्रश्न गरेका छन् । हिजो मंगलबार कांग्रेस निकट महिला संघले प्रदर्शन गरेका थिए भने बुधबार दिउँसो तरुण दलले विरोध प्रदर्शन गर्दैछन ।