ललितपुर । ललितपुरको कुपण्डोलमा रहेको हनुमानथान मन्दिरमा राखिएको हनुमानको मुकुट चोरी भएको छ । बिहीबार राति प्रहरी चौकि सँगै रहेको हनुमान थानको मन्दिरबाट चाँदीकेा मुकुट सुरक्षा घेराबिच चोरी भएको छ । मानिसहरुको आवजात भैराख्ने,नेपाल प्रहरीको बिट र ललितपुर महानगर प्रहरीको पनि उपस्थिती रहिराख्ने ठाउँबाट हनुमानको मुकुट हराउनुलाई रहस्यमय मानिएको छ ।