काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यालयमा तालिम सम्पन्न गरेको हो । तालिम जेठ एक गतेदेखि तीन गतेसम्म तीन दिन सञ्चालन भएको कम्पनीले जनाएको छ । कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षार्थीहरू लाभान्वित भई कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमको प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।