काठमाडौं । ईजी डेन्टलले चाबहिलको महाकांलबाट आफ्नो सेवा सुरु गरेको छ । तीस वर्षको अनुभव, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिसहितले जेठ ५ गते शनिबारदेखि आफ्नो सेवा सुरु गरेको हो ।
ईजी डेन्टलले सेवा आरम्भ गरेको अवसरमा १५ दिनको लागि विशेष छुटको व्यवस्था गरेको छ । ईजी डेन्टलमा सामान्य दन्त चिकित्सा, बाल दन्त चिकित्सा, अर्थोडोन्टिक्स अर्थात बाङ्गो टिङ्गो दाँत मिलाउने सेवाको उपलब्ध छ । त्यसैगरी सौन्दर्यिक दन्त चिकित्सा र दाँत निकाल्ने तथा दाँत मुखसम्बन्धी सर्जरी सेवा पनि ईजी डेन्टलमा उपलब्ध छ । ईजी डेन्टलले दाँतका विशेष सेवाहरू पेरियोडोन्टिक्स, एन्डोडोन्टिक्स र प्रोस्थोडोन्टिक्स उपलब्ध छ ।
सेवा आरम्भ गरेको अवसरमा निःशुल्क ओपीडी तथा परामर्श सेवा निःशुल्क गरेको ईजी डेन्टलका प्रमुख अजयकुमार रेग्मीले बताए । यसैगरी १५ दिनको लागि दाँत सफा गर्ने र जरादेखि दाँतको उपचार आरसीटी पनि निःशुल्क गरिएको प्रमुख रेग्मीले जनाकारी दिए ।