मङ्गलबारे (इलाम) । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा १३ लाखभन्दा बढीका सामग्रीसहित नेपाली सिमाना कटाउन लागेको एउटा पिकअक भ्यान प्रहरीले नियन्त्रणमा लिइएको छ ।
प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा ससस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । गाडी चालक प्रहरीलाई देखेपछि गाडी छाडेर भागेका थिए ।
हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, बक्खु कपडा, चिप्लो बक्खु, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला गरेर छ लाख १८ हजार तीन सयको सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ । त्यस्तै सवारीको मूल्य रु सात लाख कायम गरेर १३ लाख १८ हजार तीन सय बराबरका सामग्री बरामद भएको जनाइएको छ ।