काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं ५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएकोे हो । यो शाखा गरी बैंकको शाखा संख्या दुई सय ७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
बैंकका प्रदेश प्रमुख राजीव गजुरेलले नयाँ शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । हाल बैंकको दुई सय ७२ शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखारहित बैंकिङ र दुई सय ६५ वटा एटीएम रहेको छ ।