काठमाडौं, असार १
तिनाउ मिसन डेभलपमेन्ट बैंकले १३औं वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही जेठ ३० गते बसेको सञ्चालक समितिको दुुई सय ६२औं बैठकले यही असार २५ गते वार्षिक साधारणसभा गर्ने आह्वान गरेको हो । बैंकले उक्त सभामार्फत हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १४ करोड ४१ लाख ६८ हजार एक सय २५ रूपैयाँमध्येबाट १२ प्रतिशत अर्थात् १३ करोड ७३ लाख एक सय ७५ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
बैंकले सोही वार्षिक साधारणसभामार्फत बोनस सेयर वितरणपश्चात् कायम रहेको चुक्ता पुँजीमध्येबाट तीनबराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा उपुक्त बैंक तथा वित्तीय संस्थाहरूलाई गाभ्ने वा गाभिने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड ७८ लाख ५५ हजार छ सय ७४ रूपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा छ करोड १० लाख ९६ हजार छ सय ३१ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ६७ करोड ५८ लाख २७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १४ अर्ब ८१ करोड ३१ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी १२ अर्ब २५ करोड २२ लाख ८० हजार रूपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा ४८ करोड १६ लाख ७० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले पाँच अर्ब ३१ करोढ ८२ लाख रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५० करोड ३३ लाख ७३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ५० लाख २८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।