काठमाडौं : भारतको हरिद्वार निरञ्जनी अखडाका पिठाधिश्वर स्वामी श्री कैलानन्द गिरी विहिवार साँझ काठमाडौं आउने कार्यक्रम रहेको बुझिएको छ । उनी नेपाल वायुसेवा निगमको दिल्ली काठमाडौं उडानबाट काठमाडौं आउन लागेका हुन् । उनी पूर्वराजा ज्ञानेन्द्र शाहसंग भेटवार्ता गर्नको लागि काठमाडौं आउन लागेको बुझिएको छ । सम्बद्ध सुत्रका अनुसार उनले पूर्वराजा ज्ञानेन्द्र संग आजै राती निर्मल निवासमा भेटवार्ता गर्ने थाहा भएको छ ।