काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्र खनालले नियुत्त, भएका छन् । बैंकको सिइओ बन्न पाँच जनाको नाम सङक्षिप्त सूची (सट लिस्ट) मा परेका चार जनालाई पछि पार्दै खनालले नियुक्त भएका हुन् । बैंक संचालक समितिको जेठ १० गते बसेको बैठकले रिक्त रहेको सिइओमा खनाललाई नियुक्ति गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको प्रमुख कार्याकारी अधिकृत नियुक्ति सिफारिस उप–समितिले पाँच जना उम्मेदवारको नाम सट थियो । समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीको नाम प्रकाशन गरेको थियो । सट लिस्टमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि भने खनालाई सिइओ बनाएको हो ।