काठमाडौं, असार १ चन्द्रागिरी हिल्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड समक्ष १८ करोड ४० लाख ९१ हजार रूपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीका अनुसार प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी १८ लाख ४० हजार नौ सय १० कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति माग गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको रूपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यही जेठ २५ गते धितोपत्र बोर्ड समक्ष साधारण सेयर जारी गर्नको लागि आवेदन दिएको हो ।