नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुसबापतको रकम लिएको फेला परेको छ । उनकी पत्नी यन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुबापत हरेक महिना २ हजार ९२४ डलर पठाएको भौचर फेला परेको हो ।
उक्त कुरा जानकारि पाएपछि अख्तियारले पनि अनुसन्धान अगाडी बढाईरहेको जानकारी प्राप्त भएको छ । समाचार स्रोतका अनुसार जापानको ओसन टेक्नोलोजी लिमिटेडसँग अन्तर्रािष्ट्रिय आगमन कल(इन्टरनेसन इन्कमिङ कल) को आम्दानी बाँडफाटँमा नेपाल टेलिकमलाई कम शुल्क दिनेगरी सम्झौता गरेर अधिकारीले व्याक्तिगत लाभ लिने क्रममा पत्नीको नाममा सो रकम जम्मा हुने व्यवस्था मिलाएका थिए । हिमालयन बैंक ठमेलको खाता नम्बर ००१००९९४८००१७ मा ओसन टेक्नोलोजी लिमिटेड जापानले मासिक २ हजार ९४ अमेरिकी डलर जम्मा गरिदिएको भौचर अख्तियारले फेला पारेको छ ।