काठमाडौं, असार १
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा दुुई वटा वाणिज्य बैंकसहित चार वटा संस्थाको बोनस तथा हकप्रद सेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्लो पटक दुुई वटा वाणिज्य बैंक, एउटा विकास बैंक र एउटा बीमा कम्पनीहरूको सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो । सोअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ३७ लाख ९२ हजार ५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्राइम कमर्सियल बैंकको भने एक करोड ५४ लाख ९८ हजार नौ सय ६२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी लुम्बिनी विकास बैंकको पभन १२ लाख ९३ हजार चार सय ८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको पभन पछिल्लो पटक १७ लाख ६० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यसअघि नेपाल पुुनर्बीमा कम्पनी, सिर्जना फाइनान्स, जानकी फाइनान्स, एनएमबी बैंक, बुुटवल पावर कम्पनी, नेपाल एसबीआई बैंक आदिको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको जानकारी पनि नेप्सेले दिएको छ ।