काठमाडौँ । आर्थिक वर्ष २०८१–०८२ को बजेट सरकारले मंगलबार दिउँसो ल्याउने भएको छ । बजेट भाषणका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका छन् ।

उनले सांसदहरूलाई बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न अनुरोध गरेका छन् । प्रतिनिधिसभाको बैठक बजेट भाषणपछि दिउँसो ४ बजे फेरि बस्नेछ ।