काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस हुँदैछ । आइतबार दिउँसो ३ बजे महालेखापरीक्षक तोयम रायाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने तयारी रहेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए ।

महालेखाले सार्वजनिक निकायहरुको अघिल्लो आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित विवरणसहित प्रतिवेदन तयार पारेको हो ।