काठमाडौं । मुक्तिनाथ विकास बैंकले इलाम र महोत्तरीमा वृक्षारोपण गरेको छ । बैंकका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी १ मा करिब दुई सय ५० वटा तथा महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा एक सय वटा कागतीका बिरुवाहरूको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पु-याइएको हो ।
बैंकले उक्त कार्यक्रम हरियाली प्रवद्र्धनका लागि आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरवासीहरूको उपस्थिति रहेको थियोे । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।