अमेरिका । पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने गरी जलवायु परिवर्तनको भविष्यवाणीमा सुधार गर्ने लक्ष्यका साथ शनिबार न्यूजिल्यान्डबाट एउटा सानो नासा भू–उपग्रह प्रक्षेपण गरिएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका पृथ्वी विज्ञान अनुसन्धान निर्देशक करेन सेन्ट जर्मेनले हालै पत्रकार सम्मेलनमा भने, ‘ध्रुवहरूमा के भइरहेको छ ? जलवायुमा के भइरहेको छ ? भन्ने मोडेल गर्ने हाम्रो क्षमतामा सुधार हुनेछ ।’
जुत्ताको बाकसको आकारको उक्त भू–उपग्रहलाई रकेट ल्याब नामक कम्पनीले निर्माण गरेको इलेक्ट्रोन रकेटद्वारा प्रक्षेपण गरिएको थियो । यो न्यूजिल्यान्डको उत्तरमा रहेको महियाबाट उडेको थियो । यस मिशनलाई ‘प्रिफाइयर’ भनिन्छ ।