काठमाडौं, दुग्ध बिकास संस्थान (डिडिसी) को महाप्रर्वन्धक पदको लागि आवेदन दिएकाहरु मध्येबाट १० जनाको नाम सार्वजनिक भएको छ । महाप्रर्वन्धक छनौंटका लागि गठित सिफारिस समितीको यही जेठ १४ गतेको निर्णय अनुसार संस्थानका महाप्रर्वन्धक पदको नियुक्तीको लागि आवेदन दिएकाहरु मध्येबाट संभावित १० जनाको नाम छनौंट गरी सार्वजनिक गरिएको हो । यसरी नाम सार्वजनिक भएकाहरुमा मकवानपुरको बागमती गाउँपालिका २ का अमर बहादुर मिश्र, चितवन भरतपुर महानगरपालिका ९ का राजेन्द्र प्रसाद अधिकारी, काठमाडौंको चन्द्रागिरी नगरपालिकाका ३ का राजेन्द्र श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका ३ का रामचन्द्र ढकाल, काठमाडौं महानगरपालिका २९ घट्टेकुलोका रामप्रसाद पौडेल, सिराह कल्याणपुर नगरपालिका १२ का राम सोभित यादव, रामेछाप सुनापती गाउँपालिका ६ का डा. रुपेन्द्र चौलागाई, सर्लाही बलरा नगरपालिका वडा नं ३ का संजीब झा र पर्सा बीरगञ्ज महानगरपालिका १२ का श्रीराम न्यौपाने रहेका छन् । दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्र्तवार्ताको मिती र समय भने सम्वन्धीत उम्मेदवारहरुलाई दिईने सिफारिस समितीले जानकारी दिएको छ ।