काठमाडौं । मुक्तिनाथ विकास बैंकले इलाम र महोत्तरीमा वृक्षारोपण गरेको छ । बैंकका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी१ मा करिब दुई सय ५० वटा तथा महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा एक सय वटा कागतीका बिरुवाहरूको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्याइएको हो ।
बैंकले उक्त कार्यक्रम हरियाली प्रवर्द्धनका लागि आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरवासीहरूको उपस्थिति रहेको थियोे । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।