दोलखा । दोलखाका नौ स्थानीय तहको बेरुजु झन्डै २० करोड रुपैयाँ देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार यहाँका ९ स्थानीय तहको आर्थिक वर्ष ०७९/८० को बेरुजु रकम १९ करोड ८९ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
जिल्लाको सबैभन्दा कम बेरुजु गौरीशंकर गाउँपालिकको रहेको छ भने सबैभन्दा बढी बिगु गाउँपालिकाको रहेको छ । गौरीशंकर गाउँपालिकाको बेरुजु ०.१८ प्रतिशत अर्थात ८९ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस्तै बिगु गाउँपालिकाको ३.१० प्रतिशत रकम अर्थात ३ करोड ४८ लाख १५ हजार बेरुजु रहेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ । यसैगरि मेलुङ गाउँपालिकाको बेरुजु रकम १.१८ प्रतिशत अर्थात १ करोड १७ लाख ६८ हजार रहेको छ । यस्तै कालिन्चोक गाउँपालिकाको बेरुजु १.२६ प्रतिशत अर्थात १ करोड ६२ लाख ९ हजार रहेको छ भने बैत्यश्वर गाउँपालिकाको बेरुजु १.३५ प्रतिशत अर्थात १ करोड ४२ लाख ३८ हजार रहेको छ ।
प्रतिवेदन अनुसार जिरी नगरपालिकाको बेरुजु रकम १.५९ प्रतिशत अर्थात १ करोड ६६ लाख ३६ हजार रहेको छ भने शैलुङ गाउँपालिकाको बेरुजु रकम १.८५ प्रतिशत अर्थात १ करोड ७९ लाख बेरुजु रकम रहेको पाइएको छ ।