काठमाडौं,नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पूर्व कप्तान लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रो पटक पनि भिषा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुन भिसा दिन अस्वीकार गरेको हो ।
यसअघि उनले जेठ ९ गते पनि पहिलो पटक भिसा दिना अस्वीकार गरेको थियो । जेठ २ गते उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको निलम्बन फुकुवा गरेको थियो र उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो ।
अमेरीकाले सन्दीपलाई भिसा नदिएपनि नेपालको बलिङ लाइन फितलो हुने भएको छ । लेग स्पिनर सन्दीप लामिछाने टिममा नभएपछि कुशल भुर्तेलले लेग स्पिन बलिङ गर्नुपर्ने अबस्था देखिएको छ ।