काठमाडौं । मोबाइल फोन र घरायसी इलेक्ट्रोनिक्सहरूको मल्टिब्रान्ड स्टोर स्विच अन रिटेल प्रालि ले आफ्नो चौथो आउटलेट रणमुक्तेश्वर, न्युरोड, काठमाडौंमा खोलेको छ ।
कम्पनीकी प्रबन्ध निर्देशक सीमा गोल्छाले एक कार्यक्रमका बीच सो स्टोरको उद्घाटन गरेकी हुन् । कम्पनीले चालू आर्थिक वर्षमा मात्रै तीनवटा नयाँ सोरुम खोलिसकेको छ । न्युरोड आउटलेटले ग्राहकहरूलाई विभिन्न योजनाहरूजस्तै किस्ताबन्दी र एक्सचेन्ज सुविधा उपलब्ध गराउनेछ । स्टोरले किस्ता योजनाअन्तर्गत शून्य प्रतिशत ब्याज दरमा न्यूनतम प्रक्रिया पूरा गरेर सामान उपलब्ध गराउने भएको छ । यस्तै, एक्सचेन्ज सुविधाले ग्राहकहरूलाई टिभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर वा मोबाइल फोनहरू नयाँ उत्पादनहरूमा अपग्रेड गर्न सुविधा दिने कम्पनीको दाबी छ ।