काठमाडौं । गोरखापत्र परिसरमा जारी फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
मन्त्री तामाङले कोभिड(१९ का कारण पर्यटक आगमन घटेको भन्दै सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको बताए । उनले काठमाडौंमा आउने हिन्दु धर्माबलम्बी र लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी पर्यटकको संख्या धेरै रहेको भन्दै नेपालको प्राकृतिक सम्पदा, हिमाल आरोहणमा आउने पर्यटक अझ बढाउन सकिने बताए । पर्यटन क्षेत्रको विकासले मुलुकको समृद्धिको आधार समेत तयार हुने उनको दाबी छ ।