काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को शीर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैंकलाई हराउँदै सानिमा रिलायन्स लाइफको महिला क्रिकेट टिमले उक्त उपाधि हासिल गरेको हो ।
टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफकै स्वस्तीका कार्कीले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेस्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन् । साथै, विभिन्न खेलमा सानिमा रिलायन्स लाइफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको क्याप्टेन स्वेता सिंह र टिम म्यानेजर संगीता गिरी रहेका थिए । आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्सबीच क्रिकेट टुर्नामेन्टको पदकहरू जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ ।