काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालगञ्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा नजिकै रहेका दुईवटा शाखाहरूमध्ये वडा नं २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको वडा नं. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरू माझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरू प्रदान गर्नेछ । साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको वडा नं. ५ र ८ मा रहेका दुई वटा शाखा गाभी सोही नगरपालिकाको वडा नं ७ नारायणस्थान साविक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा सात सय मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा दुई सय ५४ वटा शाखा, तीन सय १८ वटा एटीएम, २८ एक्स्टेन्सन काउन्टर र एक सय २८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।