काठमाडौं । सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन १३ दशलव ६१ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से आज सोमबार तीन दशमलव ९७ अंकले ओरालो लागेर दुई हजार ७९ दशमलव शुन्य सात बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले ओरालो लागेर तीन सय ७० दशमलव शुन्य छ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीह्रुको ५९ हजार दुई सय ९५ पटक सेयर किनबेच भएको छ । जसबाट ८८ लाख २० हजार एक सय २५ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम चार अर्ब ४० लाख दुई सय ४३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त समुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।