काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ९७ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से आज मंगलबार भने छ दशलव २२ अंकले उकालो लागेर दुई हजार ८५ दशमलव ३० बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९५ अंकले उकालो लागेर तीन सय ७२ दशमलव शुन्य बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ५३ हजार नौं सय ९९ पटकको कारोबारमा ८३ लाख पाँच हजार सात सय ८६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम चार अर्ब आठ करोडठ ४७ लाख १५ हजार आठ सय ७७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन । यि बाहेक बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक भने आज उकालो लागेका छन् ।