काठमाडौं । चार वर्षअघि नेपालकै अग्रणी फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इ–सेवा मनी ट्रान्सफरले आफ्नो कार्य थालनीको चौथो वर्ष पूरा गरेको छ । यो रेमिट्यान्स कम्पनीले हाल संसारका दुई सयभन्दा बढी मुलुकबाट ४५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।